माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंगलवार स्थायी कमिटी बैठक बोलाएको छ । भोलि बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ। माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?