हात छाडेर मोटरसाइकल कुदाउँदा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेका छन् ।

आज सोमवार हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउने क्रममा राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल गम्भीर घाइते भएका छन् । उनको टाउको र छातिमा चोट लागेको छ ।

घाइते दुबै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा विवेकको मृत्यु भएको हो । टाउको र छातिमा चोट लागेर घाइते भएका कौशलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?