काठमाडौं । सोमवार शेयर बजारमा २४.०८ अंकले गिरावट आई २५१४.३९ अंकमा आएर रोकिएको छ ।
केही दिन यता लगातार बढेको शेयर बजार सोमवार गिरावट आएको हो । सोमवार कुल ५ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड ९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमवार हाइड्रोपावर र होटेल तथा पर्यटन समूहमा बाहेक सबै समूहहरुको कारोबारमा गिरावट आएको छ । आज अपर तामाकोशीको मूल्य भने बढेर सर्किट लागेको छ ।
सोमवार २ सय ११ कम्पनीको कारोबार भएको छ । हाइड्रोपावर समूह १०१.७३ अंकले वृद्धि भएको छ । २ कम्पनीको मूल्य १०% ले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया