बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटघाट, के भयो कुरा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

सोमवार प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटघाटको क्रममा विप्लवले शान्तिपूर्ण राजनीतिमा आउँदा आफूले सरकारसँग गरेका सहमती कार्यान्वयनका विषयमा छलफल गरेको स्रोतले जनाएको छ । यसैगरी सम्झौताका क्रममा पार्टीका नेता कार्यकर्ताहरु रिहा गर्ने सहमती भएपनि उक्त सहमती कार्यान्वायन नभएको भन्दै विप्लवले छलफल गरेका हुन् ।

भेटघाटका क्रममा विप्लवले फागुन २० गतेको सहमती कार्यान्वयनमा ढिलाई भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले नेता कार्यकर्ताहरुलाई रिहा गर्ने तयारी भइरहेको बताएका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने हल्लाकाबीच विप्लवले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?