सानेपामा शुरु भयो कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सोमवार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको हो ।

उक्त बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी रहेका छन्। आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणका विषयमा छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाट औपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुनेछ। यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पार्टीमा आन्तरिक सहमति बनेपनि औपचारिक निर्णय गरिएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?