बंगलादेशमा राष्ट्रपति भण्डारीको स्वागत (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी  बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज त्यहाँको राजधानी ढाका पुगेकी छिन् ।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी हुन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट त्यहाँ पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बंगलालादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले पनि स्वागत गरेका थिए ।

बंगलादेशमा राष्ट्रपति भण्डारीको स्वागत (तस्वीरमा हेर्नुहोस्) :

 

तस्वीर : प्रकाश सिलवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?