एमालेले पठायो माधवकुमार नेपालसहित ४ नेताहरुलाई स्पष्टीकरण पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई स्पष्टीकरणको पत्र पठाएको छ ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेता नेपालसहित ४ नेताहरुलाई स्पष्टीकरणको पत्र थमाइएको हो ।

सोमवार एमाले मुख्यालयका सचिव ईश्वरी रिजालले चारै नेताहरुलाई पत्र दिएका हुन् ।

गत शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको नियमविरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसैअनुसार आज चारै नेताहरुको स्वकीय सचिवमार्फत स्पष्टीकरणको पत्र पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?