काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले शीर्ष नेताहरुबीच भइरहेको आरोप प्रत्यारोपबारे टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्षौँदेखि विदेशीद्वारा पालित पोषित भएको आरोप लगाएका थिए । त्यसैलाई टिप्पणी गर्दै नेपाली राजनीतिमा वर्षौदेखि लेण्डुप प्रवृतिकै रजगज चलिरहेको बताए ।
नेता गुरुङले भने- “एकजना शिर्ष नेताले अर्को शिर्ष नेतालाई वर्षौदेखि विदेशी द्वारा पालित पोषित भएको जघन्य आरोप लगाएछन्। यसबारे आरोपित र आरोप लगाउने नेतालाई नै बढी थाहा होला। तथापि नेपाली राजनीतिमा वर्षौदेखि लेण्डुप प्रबृत्ति कै रजगज चलिरहेको छ।नेपालीमा एउटा उखान छ: ‘हिले सासुको पालो कहिले बुहारीको’ ” ।
एकजना शिर्ष नेताले अर्को शिर्ष नेतालाई वर्षौदेखि विदेशी द्वारा पालित पोषित भएको जघन्य आरोप लगाएछन्। यसबारे आरोपित र आरोप लगाउने नेतालाई नै बढी थाहा होला। तथापि नेपाली राजनीतिमा वर्षौदेखि लेण्डुप प्रबृत्ति कै रजगज चलिरहेको छ।
नेपालीमा एउटा उखान छ:"कहिले सासुको पालो कहिले बुहारीको"— Dhan Raj Gurung (@dhanrgrg) March 22, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया