२० वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने १५ वर्षीय बालक पक्राउ

लोकपथ
0
Shares

स्याङ्जा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ गरेका छन् । आँधीखोला गाउँपालिकाका ती बालकले २० वर्षीया फरक क्षमताकी युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बोल्न र सुन्न नसक्ने युवतीको जबर्जस्ती करणीपछि ३ महिने गर्भ रहेको भन्ने संरक्षकको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपित बालकले पुस महिनाको १५ गते र २२ गते दुई पटक जबरजस्ती गरेको उजुरीमा उल्लेख छ। जबरजस्ती करणी मुद्धा दर्ता गरी अदालतबाट आइतबार ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?