भक्तपुरमा सिलिन्डर विस्फोट ६ जना घाइते

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा खाना बनाउँने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका –५ को सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर भएको आगलागीबाट ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको थियो ।

सिलिन्डर विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की र झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते भएका छन्। घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?