चलचित्र ‘A’ को प्रदर्शन मिति घोषणा

लोकपथ
260
Shares

काठमाडौं । चलचित्र ‘A’ को प्रर्दशन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र ‘A’ आगामी २०७८ सालको तिहारमा हुने भएको हो ।

तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए ।

यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गितबिष्ट र वपिन कार्की लगायत रहेका छन् । बाल कलाकारमा जशिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेश थापा रहेका छन् ।

यो चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा संवाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहने छ । चलचित्रमा द्वन्द राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् ।

यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ । चलचित्रको नेपालभरको वितरण जिम्मा ‘जिजिए ग्रुप’ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?