काठमाडौं । तेस्रो थानकोट गोल्डकपको उपाधि ‘वी आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा हिजाे आइतवार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो ।
उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो । चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै ‘वी आर ब्रदर्श’ र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए । उपविजेता तिनथाना युथ क्लबले ४५ हजार प्राप्त गरेको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही पाँच-पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो । नगद पुरस्कार र ट्रफि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रदान गरे ।
कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेका हुँदा खेलकूद र खेलाडीको विकासका लागि नगरबाट उचित काम भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया