झापाको बिर्तामोडबाट लागुपदार्थसहित चारजना पक्राउ

लोकपथ
0
Shares

झापा ।  झापाको बिर्तामोडबाट लागुपदार्थसहित चारजना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ६ वस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, सोही ठाउँका ५० वर्षीय हेमनारायण राजवंशी, र मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने २० वर्षीय विष्णु पोद्दार र सोही ठाउँका १६ वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनीहरूको साथबाट लागू पदार्थ एमफेटामाईन ६० ग्राम र ब्राउन सुगर ८० ग्राम बरामद गरेको छ। पक्राउ परेका चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुशन्धानका लागि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?