स्मार्ट सिटी’ बन्दै ललितपुर

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर महानगरपालिका ‘स्मार्ट सिटी’ बनाउने तर्फ लागि परेको छ । नगरप्रमुख चिरिबाबु महर्जनले स्मार्ट सिटीअन्तर्गत स्वच्छ वातावरण, तालतलैया, पोखरी, हरियाली, बाइसाइकल लेन, ट्राफिक व्यवस्थापनलगायतका नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषय पर्ने बताउँदै आएका छन् । ‘‘गत आर्थिक वर्षमा पूर्वाधार विकासअन्तर्गत महानगरभित्रको ६.८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

७.६ किमि सडक मर्मत–सम्भार भएको छ । स्मार्ट सिटीलाई ध्यानमा राख्दै हरियाली महानगर कायम राख्न १५ वटा पार्क निर्माणको काम सम्पन्न भएको छ । १० वटा सिँचाइ योजना सम्पन्न भए । आठवटा ऐतिहासिक पोखरी पुनर्निर्माण भएको नगरप्रमुख मर्हजनले बताए ।

महानगरभित्र साढे ३२ किलोमिटर साइकल लेन विस्तार गरेको छ । उनका अनुसार साइकल लेनको सय ठाउँमा साइकल स्ट्यान बनाइएको छ । ‘पहिलो र दोस्रो चरणमा साइकल लेन बनाइएको छ । साइकल लेनले ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउँछ, उनले भने ।

अबको चरणमा चक्रपथमा साइकल लेन बनाउने योजना महानगरको छ । साथै महानगरले ललितपुरका तीन स्थानमा स्मार्ट लाइट समेत जडान गरेको छ । साँझ–बिहानको समयमा उक्त लाइटले सहर सुन्दर देखाउँछ । दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?