बार्सिलोनाद्धारा रियल सोसिडाडमाथि ६-० गोलअन्तरको फराकिलो जित

लोकपथ
0
Shares

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि विजयी भएको छ । एनोएटा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सोसिडाडमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको ३७ औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।। त्यस्तै ४३ औं मिनेटमा लियोनल मेस्सीको पासमा सर्जिनो डेस्टले गोल थप्दा पहिलो हाफमा बार्सलोना २ गोलले अघि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाले चार गोल थप्यो। जसमा ५३ औं मिनेटमा डेस्टले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ५६ औं मिनेटमा गोल गरे। त्यस्तै ओस्मान डेम्बेलेले ७१ औं मिनेटमा गोल गरे।

उता घरेलु टोलीका एन्डर बरेनेटजाले ७७ मिनेटमा सान्त्वना गोल फर्काए। त्यस्तै ८९ मिनेटमा मेस्सीले अर्को गोलगर्दा बार्सिलोनाले ६-१ को सानदार जित निकाल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?