कोरोना जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो आग्रह

काठमाडौं । सरकारले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा समेत कोरोना संक्रमण बढ्नसक्ने सम्भावना रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको हो ।

आज (आइतवार) एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रहरूमा कोभिड १९ संक्रमण बढेकाले उक्त कार्य नगर्न अनुरोध गरेको छ ।

विज्ञप्तीमा देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिएको छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरेको ।

पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा सहित युरोपेली मुलुकहरुमा पनि कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?