नेपालमा कोरोना : थपिए ७७ संक्रमित, १०६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालससम्म कोरोनाको कारण ३ हजार ६० जनाको कोरोनाको कारण ज्यान गएको छ । तर पछिल्लो २४ घण्टामा कोरोनाको कारण मृतकको संख्या शून्य रहेको छ ।

त्यस्तै हाल नेपालमा ९ सय ६९ जना आइसोलेसन र ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?