काठमाडौं । राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणको क्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
सोमवारदेखि हुने राष्ट्रपति भण्डारीको दुईदिने बंगलादेशको भ्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने- ‘भ्रमणका क्रममा विभिन्न १३ वटा सम्झौतापत्रमा हस्ताक्षर गरिने छ । भ्रमणका सांस्कृतिक सम्बन्ध, पर्यटन, कृषी तथा पशुपंक्षी र विषादीको क्षेत्रमा सम्झौता गर्ने निर्णय भएको छ । रेलवे, रोड सडक, यातायात र बन्दरगाहलाई नेपालसँग जोड्ने विषयमा छलफलह हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुनेछ ।’
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार बंगलादेश प्रस्ताथ गर्नेछिन् । भने मंगलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया