माओवादीलाई सरकारबाट हटाउने विषय कांग्रेस बैठकमा प्रवेश

काठमाडौ, १९ असोज– पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको बैठकमा छलफल भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा माओवादीलाई सरकारवाट हटाउनुपर्ने प्रस्ताव समेत आएको छ । बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसंह केसीले संसदीय राजनीतिमा कुनैपनि दललाई प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फ बस्ने अधिकार नभएको भन्दै माओवादीलाई सरकारबाट हटाउन प्रस्ताव गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?