काठले हिर्काएर श्रीमतीको निर्मम हत्या, पछि आफैँले गरे प्रहरीलाई फोन

टेकसिँह धामी/धनगढी । डडेल्धुरामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेका हुन् ।

ढेड फिट लामो चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

हिजाे शनिवार दिउँसो ३ बजे साउदले श्रीमतीको हत्या गरेर आफैंले स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए ।

श्रीमतीको हत्या गरेका साउदलाई हिजो शनिवार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए । उनले श्रीमान श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रहरीसमक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।

मृतक मनिषाका एक छोरा र एक छोरी छन्। मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?