अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई ७ लाख ४३ हजार सहयोग

RSS
0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले दोभानका आगलागी पीडितलाई सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरि प्रदान गरेका छन् । समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित सात लाख ४३ हजार ८ सय ८५ रुपौया शनिवार पीडित परिवारलाई वितरण गरेका छन् ।

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो । गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गर्नुभएको थियो ।

आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिनुभयो । फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?