टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

लोकपथ
0
Shares

झापा । झापाको दमकमा​ शनिवार साँझ​ टिप्परले ठक्कर दिँदा दुई जना मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । ज्यान ज्यान जानेमा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका ८ का २३ वर्षीय नीरन बस्नेत र त्यही ठाउँका २४ वर्षीय अनिष कोइराला रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको दमक ४ को चियाबगान सडकखण्डमा प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?