चीन र रुसले चन्द्रमामा स्पेस स्टेसन बनाउदै

लोकपथ
0
Shares

एजेन्सी । चीन र रुस मिलेर चन्द्रमामा स्पेस स्टेसन निर्माण गर्ने सम्बन्धी योजनाको घोषणा गरेका छन् । रुसको अन्तरिक्ष एजेन्सी रोसकसमसले चीनको राष्ट्रिय अन्तरिक्ष विभागसँग यसबारे सम्झौतामा हस्ताक्षर पनि गरिसकेको बताएको छ ।

यसमा चन्द्रमाको सतह या यसको घुम्ने पथ अथवा दुवैतर्फ रिसर्चका लागि भनेर स्टेसन निर्माण गर्ने दुवै देशका स्पेस एजेन्सीहरुले बताएका हुन् । सो स्पेस स्टेसन अन्य राष्ट्रहरुका लागि पनि प्रयोग गर्न उपलब्ध हुने बताइएको छ ।

अहिले रुसले पहिलो अन्तरिक्ष यात्राको ६० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेकै बेलामा यस्तो घोषणा गरेको हो । यस अन्तर्राष्ट्रिय वैज्ञानिक लुनार स्टेसनले विविध किसिमका वैज्ञानिक खोजहरु गर्ने र चन्द्रमाका श्रोतको सही उपयोग गर्ने उनीहरुले बताए ।

म्यान्डरिन भाषाको सो बयानमा यस्तो भनिएको थियो, “चीन र रुसले अन्तरिक्ष विज्ञानका आफ्ना अनुभव र खोजहरु मार्फत संयुक्त रुपमा नयाँ अन्तर्राष्ट्रिय लुनार स्टेसन निर्माण गर्नेछन् । यसको डिजाइन र सञ्चालनका सबै उपकरण सम्बन्धी पनि दुवै देशले सहकारिता जनाउने यसमा भनिएको छ ।

चीनको अन्तरिक्ष कार्यक्रमकी विशेषज्ञ छेन लामले एएफपी न्युज एजेन्सीसँग बोल्दै यो परियोजना वास्तवमै धेरै ठूलो भएको बताइन् । विशेषगरी चीनका लागि यो अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष परियोजना भएकाले धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?