५ नेतालाई स्पष्टीकरण सोधिने, समानुपातिक सांसद हेरफेरको अधिकार प्रधानमन्त्रीलाई

काठमाडौं- नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल सहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । उनीहरुलाई पार्टी हित विरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यस्तै बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक साँसदहरुको बन्द सुचिमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन गरेको छ । पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

यस्तै अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?