‘म भए बेडरुममै पसेर ओलीको गाला मुसार्दै फकाउथें’ : माधव नेपाल

काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग नछुट्टिने बताएका छन्। खनाल-नेपाल  निकट युवाहरूको भेलालाई सम्बोधन  गर्दै नेता नेपालले आफूहरू छुट्टिइहाल्ने पक्षमा नभएको बताएका हुन् ।

ओलीसँग ४८ वर्ष पुरानो ‘मायाप्रीति’ भएको भन्दै उनले ओलीसँगको सम्बन्ध सजिलै नतोडिने बताए । नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

आफू भएको भए निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?