काठमाडौं- नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाबाट एमाले पार्टी व्युँतिएकोमा आफू खुसी भएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा गौतमलेअदालतको फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताएका हुन् । उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ। पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो।फैसलाले नेकपा एमाले व्युँतियो र एकबद्ध हुने स्थिति बन्यो। तसर्थ यो फैसला ऐतिहासिक छ।’
उपाध्यक्ष गौतमले तत्कालीन समयमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको बताएका छन् । “पुस ४ गते केपीले मैले चाहेको प्रधानमन्त्रीको प्रस्ताव राख्छु र ममाथि थोपरेको आरोप फिर्ता गरेर पार्टी एकतामा जाऊँ भन्दा प्रचण्डले मान्नु भएन र उल्टो ममाथि पनि प्रचण्डले आरोप लगाउनुभयो र यो स्थिति आयो।”
प्रधानमन्त्री ओलीले त्यति बेलै पदबाट राजीनामा दिनुपर्ने गौतमले बताए । संसद् विघटनको प्रस्ताव आउने कुरा थाहा पाएको भए आफू त्यसलाई रोक्न लागिपर्ने उनले उल्लेख गरे ।
यस्तै उपाध्यक्ष गौतमले आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएकाले संसदीय दलको ह्वीप नलाग्ने दाबी गरेका छन् । बैठकमा गौतमले ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि म दलको निर्देशन भन्दा बाहिर जान्न’ भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया