एमालेको संसदीय दलको विधान पारित, यी हुन् संशोधित विषयहरू

काठमाडौं- नेकपा एमालेको संसदीय दलको विधान पारित भएको छ। आइतवार बसेको संसदीय दलको बैठकबाट संशोधनसहित विधान पारित गरिएको सचेतक विशाल भट्टराईले जानकारी दिए ।

संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ ।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । उक्त विधान शनिवारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

एमाले संसदीय दलको विधानमा आवश्यक संशोधनको प्रस्ताव तयार गर्न चैत ५ बसेको संसदीय दलको बैठकले भट्टराईकै नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?