प्रधानमन्त्री ओलीद्वारा गौतमलाई स्वागत, नेपाललाई चेतावनी

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गरेका छन्।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले गौतमलाई एकताको पक्षमा नलाग्न आग्रह गरेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको उल्लेख गर्दै उनले एकताको पक्षमा लागेर उपलब्धि नहुने धारणा राखेका हुन्।

ओलीको भनाइ उल्लेख गर्दै एक सांसदले भने, ‘तपाई एकता एकता भन्दै हिँड्नु भएको छ। एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ ?’

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । खनाल-नेपाल समूह एमालेमा बस्न नचाहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले गुटगत भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प नभएको बताएका छन् । बैठकमा उनले भने,  ‘भेलाका अगुवाहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ ।’

नेकपा एमालेले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। केन्द्रीय समितिको बैठक आजै बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?