‘माधवजीले मलाई दानवको रुपमा चित्रित गर्न खोजे’- प्रधानमन्त्री ओली

काठमाडौं-  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकको सुरुवातमै नेता माधव नेपालप्रति गुनासो ब्यक्त गरेका छन्।

एमाले संसदीय दलको बालुवाटारमा जारी बैठकमा उनले नेता माधवकुमार नेपालले आफूसँग उल्लेख्य कुरा गर्न नचाहेको बताएका हुन् । ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, “माधवजीले मलाई दानवको रुपमा चित्रित गर्न चाहेको देखिन्छ ।”

बैठकमा झलनाथ खनाल र माधव नेपाल समूह सहभागी छैनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। उक्त बैठकमा उपाध्यक्ष गौतमका साथै खनाल-नेपाल समूह सहभागी भएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?