काठमाडौँ- प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफीले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रवार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो ।
काठमाण्डौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षिय आशिष आचार्यले ग्रिन कफी खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगि गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियन नागरिक इगोरकुर्टसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डिआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कफिलाई २० र ४० हजार सम्ममा बिग्रि गरेर ठगी गरेको बताए । उनीहरुले कानुन बमोजिम अनुमति नलिईकन अन्य सामाग्रिहरु पनि बिक्रि गर्ने गरेको पाईएको छ ।
पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रस्सामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफि ,२५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया