कर्णाली प्रदेशका सबै जिल्लामा आपतकालीन केन्द्र स्थापना

RSS
0
Shares

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा शुक्रबार प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो ।

बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिनुभयो ।

हामीले विपद्सम्बन्धी क्षमता विकास, पूर्वतयारी सामग्री, खोज तथा उद्धार कार्य गरेका छौँ” उहाँले भन्नुभयो, “राहत सामग्रीको व्यवस्था, जनचेतनामूलक कार्यक्रम, समन्वय, सहकार्य र पुनःस्थापना पनि गरिएको छ ।

प्राक्टिकल एक्सनकाडा धरम उप्रेतीले पूर्वसूचना प्रणालीको विकास, त्यसको आवश्यकता, महत्व र विपद् जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति राख्नुभयो । हामीसँग कस्तो खालको जोखिम छ र त्यसलाई कम कसरी गर्न सकिन्छ भन्ने कुरालाई समेट्ने रणनीतिक योजना आवश्यक छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. केशव शर्माले पूर्वसूचना प्रणालीको रणनीतिक कार्ययोजना, त्यसको निर्माण प्रक्रिया, उपाय, आवश्यकता र अन्तरालका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

प्रकृतिअनुसारको तथ्याङ्कको कमी हुनु, प्रदेश तथा स्थानीयतहको विपद्सम्बन्धी तथ्याङ्क एकीकृत हुन नसक्नुजस्ता कुराले विपद् न्यूनीकरणमा अपेक्षित कार्य नभए पनि अब भने बलियो ढङ्गले अगाडि बढ्न सुझाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?