नेपाल समूहको निर्णयः संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा उपस्थित नहुने

काठमाडौं । नेकपा (एमाले) नेपाल पक्षको समूहले भोलि (शनिवार) बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय लिएको छ ।

आज(शुक्रवार) बानेश्वरमा बसेको नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरूले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजिएमा त्यसमा सहभागी नहुने निर्णय लिएका हुन् ।

स्थायी कमिटी सदस्यहरूको बैठकले दलको कार्यालय, सिंहदरबार वा संसद् भवनमा बस्दै आएको संसदीय दलको बैठक यसपालि प्रधानमन्त्री निवासमा बसेको कुरामा विरोध जनाउँदै यस्तो निर्णय लिएको हो ।
दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले लिएको छ ।

त्यस्तै, केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते गरिएको भेलाको समेत विरोध गर्दै सो बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?