काठमाडौँ– सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा पहिलो दिन नै २ लाख ५० हजार ४२५ जनाले आवेदन दिएका छन् । पहिलो दिन २ लाख ५० हजार ४२५ जना आवेदकले ४२ लाख ३१ हजार १७० कित्ताका लागि ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
२९ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।
लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया