काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२३ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाको कारण ३ हजार १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ ।
यसैगरी हाल नेपालमा १ हजार १ जना सक्रिय संक्रमित रहेको र ५१ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया