चैत १० गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठक सकिएको छ ।

आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश, दलका नेताहरुको सम्बोधन र शोकप्रस्ताव पारित गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । आजको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, पम्फा भुसाल, राजकिशोर यादव, सरिता पौडेल र प्रेम सुवाल लगायतले सम्बोधन गरेका थिए ।

त्यस्तै प्रतिनिधि सभाको आगामी बैठक चैत १० गते मंगलवार बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?