२०७८,श्रावण,१४,बिहीवार

माओवादी मन्त्री रुकुममा नाच्दै, काठमाडौंमा देउवाको बर्खास्ती तयारी

२०७४,आश्विन,१९,बिहीवार ०७:३४


काठमाडौं, १९ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको बताइएको छ । सत्ता गठबन्धन तोडेर एमालेसँग माओवादीले चुनावी गठबन्धन गरेपछि देउवाले अब सत्ता गठबन्धनको औचित्य नरहेको भन्दै बर्खास्त गर्ने तयारी गरेका हुन् । यसका लागि उनले कानून व्यवसायीदेखि लिएर पार्टी तथा अरु दलसाग छलफल गरेका छन् । माओवादी नहुँदा पनि सरकारको पक्षमा बहुमत रहने बरु राप्रपा, राजपालगायतका दललाई सरकारमा सहभागि गरेर अघि बढ्ने पक्षमा देउवा रहेका छन् । यसरी देउवाले बर्खास्तीको तयारी गरिरहेको बेला गृहमन्त्री जनार्दन शर्मा भने रुकुममा रमाइलो गरिरहेको अवस्थामा भेटिएका छन् । उनी पूवी रुकुमस्थित रुकुमकोटको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय उद्घाटन समारोहपछि आयोजित कार्यक्रममा शर्मा जनतासँगै नाच्दै रमाइलो गरेका हुन् । गृहमन्त्री जनतासँग स्थानीय पन्सेरी नाचमा सहभागि हुँदा माहोल निकै रोचक बनेको थियो

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा ३ शिर्ष नेताहरुलाई दिएको छ । बुधवार बसेको केन्द्रीय

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ । पार्टीको बुधवार

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता

काठमाडौं । ‘मसँग मानिसहरू गुणगान मात्र गाउँछन् । मेरो कमजोरी कसले देखाइदिन्छ ? त्यसैले पत्रिकाका साथी तपाईंहरूले मेरो सभ्य आलोचना

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३