काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले शुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पुरा गरेको छ ।
डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट शुरु गरेको सो च्यानलले सन २०१२ देखी प्लस मुभि च्यानलको नामबाट संचालन भईरहेको डिशहोमले जनाएको छ ।
दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको सो च्यानल दर्शकहरु माझ अत्यन्त लोकप्रिय रहेको डिशहोमको दाबी छ ।
नयाँ,पुरानातथा सबै विधाका नेपालीचलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभिच्यानल डिशहोममाएचडी गुणस्तरमा हेर्न सकिन्छ । सो च्यानलमार्फत् दुर दराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएको डिशहोमको दाबी छ ।
प्लस मूभिसँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,कमेडि प्लस्,डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको डिशहोमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया