‘आफू कहाँ हुन्छु भनेर होइन देश कहाँ हुन्छ भनेर हेरौं’- सांसद भुसाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद पम्पा भुसालले देशलाई प्राथमिकतामा राखेर राजनीति गर्नुपर्ने बताएकी छन्। शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद भुसालले व्यक्तिवादी भन्दापनि मुलुकको विकास र संविधानलाई ध्यानमा राखेर अघि बढ्न नेताहरूलाई सुझाएकी हुन् ।

उनले भनिन्, ‘आफू कहाँ हुन्छ भनेर होइन देश र संविधान कहाँ हुन्छ भनेर हेरौं।’ सम्बोधनका क्रममा सांसद भुसालले कार्यब्यबस्था समितिमा बिजनेश दिनुको सट्टा सरकारले सडकमा गएर सभामुखलाई गाली गर्दै हिडेको भन्दै आपत्ती जनाइन् ।

उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘बोली चिप्लिएकै आधारमा एक मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभयो। प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने? अझै जिताहा जस्तो।’

उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् ।उनले हाम्रो जस्तो देशमा तीन तीन बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् ।

आर्थिक वृद्धि माइनस २ मा पुगेको भन्दै सांसद भुसालले स्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरिन् । चीनले दिन लागेको कोभिड १९ को भ्याक्सिन ल्याउँन समेत सरकारले नसकेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?