कांग्रेसले भन्यो : ‘मेलम्चीको पानी आयो सबैलाई बधाई, तर कृष्णप्रसाद भट्टराईको नाम खोई ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौंमा आउँदा पूर्व प्रधानमन्त्री सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेलम्चीको सपना भट्टराईको भएपनि उद्घाटन समारोहमा नाम समेत नलिनु आपत्तिजनक रहेको बताए ।

‘यो मेलम्चीको सपना त सन्तनेता कृष्ण प्रसाद भट्टराईले देख्नुभा हो नी । त्यो आयो काठमाडौं काकाकुलबाट हट्ने भयो हामी सबैलाई बधाई । जसले मेलम्चीको सपना ल्याउनुभयो उसको नाम उद्घाटनमा एकपटक पनि आएको छैन् ।’ प्रमुख सचेतक खाँडले भने ।

मेलम्चीको पानी काठमाडौं आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सरकारको पालामा भएको उपलब्धी भएको दाबी गरेका थिए । तर जसको पालामा शिलान्यास भएको हो उसलाई स्मरण गर्नका लागि आग्रह समेत गरेका छन् । प्रधानमन्त्री आफूले योजना बिना विभिन्न आयोजनाहरुको शिलान्यास गरेको तर मेलम्चीको सपना देख्ने भट्टराईको नाम लिन किन कन्जुस्याँई गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
‘मेलम्चीमा गयो भने भट्टराईजीको नाम छैन् । सुन्दरीजलमा भट्टराई जीको नाम छैन् । मेलम्ची आयो हामी सबैलाई बधाई । एक पटक लिन पनि तपाईलाई कन्जुस्याई ?’ उनले भने ।

त्यस्तै मेलम्चीको पानी आउँने भन्दा जुन नेताहरुले खिल्ली उडाए तीनै नेताहरुले अहिले जस लिन खोजेको बताए । जसलाई यो मेलच्ची ल्याउने भन्दाखेरी टुँडिखेलमा भाड गर्थे अहिले तीनै नेताहरुले हामीले ल्यायौ भन्छन् । जसको पालामा शिलान्यास भएको छ त्यसको बारेमा समेत स्मरण गरौँ । उनले भने ।

सरकारले संसद विघटन गरी असंवैधानिक कदम चालेको भन्दै सर्वोच्चले त्यसलाई उल्ट्याईदिएपछि नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन् ।

‘यति ठूलो कदमको सरकारले नैतिक जिम्मेवारी लिने कि नलिने ? असंवैधामनिक कदम भनेर न्यापापालिको निर्णय गरिसकेपछि संविधानको पालना गर्छु भन्ने सरकारले त्यसको जिम्मेवानरी लिन पर्छ कि पर्दैन् ? यो सरकार बनेदेखि नै संविधानमा प्रहार हुँदै आएको थियो । सरकार जगमै बनेको हुन्छ, उभिएको हुन्छ ।’ उनले भने ।

त्यस्तै वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपछि निरन्तर प्रहार हुँदै आएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?