काठमाडौं । सरकारले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको राष्ट्रिय वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको छ ।
प्रतिनिधि सभामा लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको हो ।
प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले उक्त प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिनिधि सभाको ७ औँ अधिवेशनको चौथौँ बैठक शुक्रवार चलिरहेको छ । आजको बैठकमा प्रतिवेदन पेश र दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख अग्नि सापकोटाले आजको कारबाही प्रारम्भ गर्दै जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया