सुनसरीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, ६० वर्षीय वृद्ध पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सुनसरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ महादेव चोक बस्ने ६० वर्षीय मेघराज सन्जेललाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सन्जेलले ती बालिकालाई मंगलवार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?