काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । आज (शुक्रवार) भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको हो ।
केन्द्रका अनुसार उक्त भूकम्प शुक्रवार त्यहाँको स्थानीय समय अनुसार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।
उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया