लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापा । झापाका तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।

बिहीवार साँझ साढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागूऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो

्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका(११ बसपार्कबाट पक्राउ गरिएको हो ।

यस्तै लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ बाट बिहीवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका(१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका(१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?