दुर्लभ वन्यजन्तुका अङ्गसहित तीन जना पक्राउ

लोकपथ
0
Shares

बाँके । बैजनाथ गाउँपालिकाबाट दुर्लभ वन्यजन्तुका अङ्गसहित तीन जना पक्राउ गरेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालको कमान्डमा गएको टोलीले बिहीबार साँझ बैजनाथ १ चिसापानी बजारमा हिँडिरहेका ३ जना व्यक्तिलाई चेकजाँच गर्दा दुर्लभ वन्यजन्तुका अङ्ग बरामद गरिएको थियो ।

उनीहरुको साथबाट १ थान रेड पाण्डाको छाला, २ थान कालो भालुको पित्त र एउटा कस्तुरीको बिणा बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका २ का ४२ बर्षीय चीनबहादुर थामी मगर, कैलालीस्थित घोडाघोडी नगरपालिका १ का ४५ वर्षीय रत्नबहादुर खत्री र कालिकोट नलगाड १ का ४० वर्षीय खले बिक रहेका छन् । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?