७ चैत्र २०७९, मंगलवार

माओवादी मन्त्री रुकुममा नाच्दै, काठमाडौंमा देउवाको बर्खास्ती तयारी

२०७४,आश्विन,१९,बिहीवार ०७:३४

0
Shares

काठमाडौं, १९ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको बताइएको छ । सत्ता गठबन्धन तोडेर एमालेसँग माओवादीले चुनावी गठबन्धन गरेपछि देउवाले अब सत्ता गठबन्धनको औचित्य नरहेको भन्दै बर्खास्त गर्ने तयारी गरेका हुन् । यसका लागि उनले कानून व्यवसायीदेखि लिएर पार्टी तथा अरु दलसाग छलफल गरेका छन् । माओवादी नहुँदा पनि सरकारको पक्षमा बहुमत रहने बरु राप्रपा, राजपालगायतका दललाई सरकारमा सहभागि गरेर अघि बढ्ने पक्षमा देउवा रहेका छन् । यसरी देउवाले बर्खास्तीको तयारी गरिरहेको बेला गृहमन्त्री जनार्दन शर्मा भने रुकुममा रमाइलो गरिरहेको अवस्थामा भेटिएका छन् । उनी पूवी रुकुमस्थित रुकुमकोटको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय उद्घाटन समारोहपछि आयोजित कार्यक्रममा शर्मा जनतासँगै नाच्दै रमाइलो गरेका हुन् । गृहमन्त्री जनतासँग स्थानीय पन्सेरी नाचमा सहभागि हुँदा माहोल निकै रोचक बनेको थियो

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८