यामाहाको महा एक्सचेञ्ज मेला शुरू, छुट र अफरको बहार

काठमाडौँ– यामाहाको महा एक्सेन्ज मेला बिहीवारदेखि सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ ।

यामाहाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित महा एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्ड र अवस्थामा रहेका पुराना मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिन्छ।

एक्चेन्जमा बजार मूल्यांकनभन्दा थप १५ हजार रूपैयाँ दिने ग्यारेन्टी गरेको छ । योसँगै कुनै पनि नयाँ मोटरसाइकल तथा स्कुटर किन्दा दस हजार रूपैयाँ छुट मिल्नेछ। त्यस्तै यामाहा मोटरसाइकल वा स्कुटर टेस्ट राइड गर्नेले आकर्षक उपहार समेत पाउने कम्पनीले जानकारी दिएको छ।

यसका अतिरिक्त यामाहाले यामाहा बाइक तथा स्कूटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ “अन द स्पट फाइनान्सिङ्ग” को सुविधा समेत उपलब्ध गराएको छ । अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ ।

महामेलाको थप आकर्षणहरुमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र अवलोकनमा आउनेहरुलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ ।

एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?