काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले दुईदिने राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्ने भएको छ ।
देशका विभिन्न जिल्लाबाट आएका नेता र कार्यकर्ताहरुबाट आएका प्रतिक्रिया एवम् सुझावहरु एकिकृत गर्न शीर्ष नेताहरु बसिरहेका छन् ।
भेलाबाट आएका प्रतिक्रियाहरुबारे समिक्षा गर्दै आगामी कार्ययोजनाबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गर्न लागेको स्रोतले जनाएको छ ।
बुधवार (हिजो) बाट सानेपा हाइटस्थित हेरिटेज होटलमा शुरु भएको नेपाल-खनाल पक्षको कार्यकर्ता भेला आजबाट सकिएको छ । भेलाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनलाई विभिन्न १० समूहमा छलफल गर्दै सुझाव संकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया