चीनको भ्रमण गर्दै रुसी विदेश मन्त्री

काठमाडौं । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन जान लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आज बिहीवार घोषणा गरेका हुन् ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?