‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ले ल्याए हाँस्य टेलिश्रृंखला ‘जुठे’

काठमाडौं । मेरी बास्सैबाट ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ उपनामले परिचितद्वय मरिचमान श्रेष्ठ र राजु पौडेलले नयाँ हाँस्य टेलिश्रृंखला ‘जुठे’ ल्याएका छन् । ‘जुठे’ हिमालय टीभी मार्फत बुधवार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको छ ।

श्रेष्ठ र पौडेलद्वारा निर्देशित ‘जुठे’ प्रशारण भएको पहिलो भागमै दर्शकले उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । सामाजिक बिषयवस्तु समेटेको यो टेलिश्रृंखलाले दलित मुक्ती आन्दोलन र उत्पीडनको बिषयलाई चित्रण गरेको छ ।

‘जुठे’ टेलिश्रृंखलामा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने टेलिश्रृंखलामा रविन भट्टको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?