काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज अन्तर्गत ‘अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति’को अध्यक्षमा डा. रेणुका थापा सोलु चयन भएकी छिन् ।
बुधवार ‘अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति’ गठन गरी पदाधिकारी तथा सदस्यहरुको चयन गरिएको हो ।
विश्वभर रहेका नेपालीहरू साथै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका विदेशी नागरिकहरूसँग समेत नेपाल र नेपालीको परिचय गराउने उक्त संस्थाको स्थापना गरिएको अध्यक्ष थापाले बताइन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान ‘निलम’ (नेपाल), मञ्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड), महासचिवमा शुभद्रा भण्डारी (अष्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ (बेल्जियम) , अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन), सुजता घलान (युएई) र गीता निरौला (जापान) चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया